भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट पाउँदैन : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट पाउँदैन : उपप्रधानमन्त्री

ishwor pokhrel-baideshik rojgar

काठमाडौं, २३ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पोखरलेले ठूला र साना माछाको प्रसंंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न कसैलेपनि छुट नपाउने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले राजनीतिको संरक्षणमा भ्रष्टाचार गर्नेहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । भ्रष्टाचारीहरुलाई राजनीति संरक्षण हुने गरेको भनिएपनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उहाँले दावी गर्नुभयो ।  जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचार भएको भेटिए दण्डनीय हुने पोखरेलको भनाइ थियो ।

ताजा समाचार