बदर मत कहाँ कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बदर मत कहाँ कति ?

nirwachan ayog

काठमाडौं, २३ मंसिर । उपनिर्वाचनमा बदर मत संख्या न्यून रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले विगतमा खसेको मत र बदरमतको तुलना गर्दै यसपटक बदर मत न्यून रहेको जनाएको हो। उपनिर्वाचनको मतपत्र सानो र छरितो, केही स्थान र क्षेत्र मात्र भएकाले बदर मत संख्या कमी भएको हो।

गतसाता भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। आयोगका अनुसार कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य–१ पदका लागि मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकामा ४५ हजार ५ सय ४६ जना मतदाताले मतदान गरेका थिए। यसमध्ये सदर मत संख्या ४४ हजार ९ सय ४६ र बदर मत संख्या ६ सय रहेकामा बदर मत प्रतिशत १ दशमलव ३२ रहेको छ।

यसै गरी भक्तपुर निर्वाचन क्षेत्र नं. १ को १, बागलुङको निर्वाचन क्षेत्र नं. २ को २ र दाङको निर्वाचन क्षेत्र नं. ३ को २ गरी जम्मा प्रदेशसभा सदस्य–३ पदका लागि मतदाता संख्या १ लाख ४८ हजार ९ सय १८ रहेकामा ९८ हजार ७ सय ३४ जना मतदाताले मतदान गरेका थिए। सदर मत ९७ हजार ६७ र बदर मत १ हजार ६ सय ६७ रहेकोमा बदर मत प्रतिशत १ दशमलव ७१ रहेको छ।

स्थानीय तहका सदस्यतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष–१, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष–१, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका/गाउँपालिकाका वडाध्यक्ष–४३ गरी ४८ पदका लागि जम्मा २ लाख ३३ हजार ३ सय २५ मतदाता रहेकोमा १ लाख ५४ हजार ८ सय ३५ जनाले मतदान गरेका थिए। यसमध्ये सदर मत १ लाख ५२ हजार ४ र बदर मत २ हजार ७ सय ७० रहेको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);