अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइयो | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि मनाइयो

काठमाडौं, २१ मंसिर । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस शनिवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर ७ का दिन संसारभर यो दिवस मनाइने गरिएको छ । दिवस मनाइरहँदा युरोपका सहरमा नेपाली उडान भर्न नपाएका विषय र नेपाली आकासमा हुने हवाइ दुर्घटनाको विषय चर्चामा रहने गर्छ।

आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन् । आइकाओले नेपालको हवाई उडानलाई कालोसूचीमा राख्दा युरोपको उडान प्रभावित भइरहेको छ । ईयुको कालोसूचीकै कारण नेपाल वायुसेवा निगमले चीनमा उडान अनुमति पाउन सकेको छैन भने साउदी अरबले पनि कालोसूचीकै विषयलाई लिएर अड्को थापिरहेको छ ।

नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि ८ ओटा देशमा मात्र उडान भर्दै आएको छ । नेपालमा हाल २६ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् ।

मन्त्री योगेश भट्टराईले आइकाओ लगायतका अन्तर्राष्ट्रिय संगठनहरुले उठाउने विषयहरु सुरक्षाको मामला, सेवा, अडिट तथा मूल्याङ्कनमा राम्रो सुधार गरिएको बताउनु भएको छ ।

कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको (आइकाओ)को अध्ययनमा उल्लेख छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेर उडान गरिरहेका छन् ।

पछिल्लो समय नेपालको हवाई सुरक्षामा सुधार भएकोले नै आइकाओले नेपाललाई आइकाओ सर्टिफीकेट प्रदान गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको भनाई छ ।

आइकाओले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजिकरण गर्दै आएको छ । तर नेपालमा हवाई दुर्घटना पाईलटको लापरवाहीका कारणले नै हुने गरेको सरोकारवालाहरु बताउँछन् ।

नेपालमा हवाइ दुर्घटना हुनुमा पाइलट र मौसम मुख्य कारणले हुने गरेको माउण्टेन हेलिकोप्टरका ओपेरेशन म्यानेजर बसन्त भण्डारी बताउनु हुन्छ ।

नेपालले पनि विश्वमा सुरक्षित उडान भर्नका लागि पहल गरिरहेको छ । हवाइ दुर्घटनाका समस्या बारम्बार दोहोरिएको कारणले हवाई दुर्घटना न्युनिकरण गर्न समाधानको दीर्घकालीन उपायको खोजी गर्न जरुरी छ ।

तर नेपालमा जति पटक हवाई दुर्घटना भए पनि गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिने र प्रतिवेदनको सुझाव कार्यान्वयन नगरिने परिपाटीले दुर्घटना न्यूनिकरण हुन सकिरहेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);