पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

aayal nigam

काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागूहुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको हो ।

नयाँ मूल्य अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मट्टीतेलको ९७ रुपैयाँ पर्नेछ । भारतीय आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

भारतीय आयल कर्पोरेसनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएता पनि नेपालमा भने हाललाई हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखेको प्रवत्ता गोइतको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);