काठमाडौं, १२ मंसिर । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार राजधानी संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताउनु भएको हो ।
उहाँले यहि मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा सागको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने जानकारी दिनुभयो । समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने मन्त्री विश्वकर्माले बताउनुभयो ।
साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।