इर्मा आँधीका कारण फ्लोरिडाको नर्सिङ होममा विद्युत नहुँदा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

काठमाडौँ, २९ भदौ । अमेरिकको फ्लोरिडामा इर्मा नामक समुन्द्रीक आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति बन्द हुँदा नर्सिङ होममा ८ जनाको ज्यान गएको छ।

तीनजना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्था भेटिएको र अरु पाँचजनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ब्रोवार्ड काउन्टीक मेयर बार्बरा शारिइफले बताउनुभएको छ।

हलिवुड हिल्स फ्यासिलिटीमा रहेका नर्सिङ होमबाट अरु एक सय १५ जनालाई उद्धार गरिएको छ। इर्मा आँधीका कारण फ्लोरिडको विद्युत आपूर्ति प्रभावित भएको छ। अहिले पनि एक करोड भन्दा भन्दा बढी मानिस विद्युत आपूर्ति बिना बसेका छन्।

इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको ज्यान गइसकेको छ। यो आँधीका कारण क्यारेबियन क्षेत्रमा ४० जनाको ज्यान गएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);