मलेसियाको एक विद्यालयमा भीषण आगलागी, २४ को ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एजेन्सी, २९ भदौ – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा भीषण आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ ।

तहफिज दारुल कुरान इत्तिफाकियाको भवनमा विहिबार विहानै भएको आगलागीमा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

अग्नि नियन्त्रण विभागका निर्देशक खिरुदीन द्रहमानले एएफपीलाई जानकारी दिँदै २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको पुष्टि गरेका छन् ।

आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । प्रहरीका अनुसार मृत्यु भएका विद्यार्थीहरु १३ देखि १७ वर्ष उमेरका पुरुष हुन्।

इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।  मलेसियाको उद्धार कमिटिका निर्देशक खिरुद्दिन दुहराम्यानले पछिल्लो २० वर्षमा सबैभन्दा ठूलो विपद रहेको बताएका छन् ।

प्रधानमन्त्री नजीब रजकले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाको तुरुन्तै छानबिन हुने बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);