एजेन्सी, १० मंसिर । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा सोमबार निकालिएको र्यालीलाई सम्बोधन गर्दै इरानी नेताहरुले यस्तो आरोप लगाएका हुन् ।
गत हप्ता इन्धनको मूल्य वृद्धिपछि भएको आन्दोलनमा घुसपैठ भएको उनीहरुको भनाई थियो । हजारौं प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै जनरल हासेन सलामीले अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाका कारण इरानमा अशान्ति मच्चिएको बताए । आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै जनरल सलामीले आफूहरुको धैर्यतालाई कमजोर ठाने अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिए । उनले ती देशकै कारण सयौं सुरक्षाकर्मी मारिएको समेत टिप्पणी गरे ।




