इंग्ल्याण्डविरुद्धको २ मध्ये पहिलो टेष्टक्रिकेट न्युजिल्याण्डले जित्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

इंग्ल्याण्डविरुद्धको २ मध्ये पहिलो टेष्टक्रिकेट न्युजिल्याण्डले जित्यो

एजेन्सी, ९ मंसिर ।  इंग्ल्याण्डविरुद्धको २ मध्ये पहिलो टेष्टक्रिकेट न्युजिल्याण्डले एक इनिङ्स र ६५ रनले जितेको छ । न्युजिल्याण्डकोे माउन्ट माउन्गानुइमा खेलको पाँचौ तथा अन्तिम दिन सोमबार इंग्ल्याण्डको दोस्रो इनिङ्स १ सय ९७ रनमा समेटीएपछि न्युजिल्याण्डले एक इनिङ्स र ६५ रनको जित हातपारेको हो ।

इंग्ल्याण्डलाई १ सय ९७ रनमा समेट्न न्युजिल्याण्डका निल वाग्नरले ५, र मिचेल स्यान्टरले ३ विकेट लिए । यो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले ३ सय रन बनाएको थियो ।

जवाफमा न्युजिल्याण्डले भने पहिलो इनिङ्समा ६ सय १५ रनको फराकिलो योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि बिजे वाटलिङले २ सय ५ र मिचेल स्टानरले १ सय २६ रन बनाए । जितसँगै न्युजिल्याण्डले इंग्ल्याण्ड विरुद्धको दुई खेलको श्रृखलामा १–० को अग्रता लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);