कृषि नीतिलाई समयानुकुल अघि बढाइने कृषि मन्त्री भुषालको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कृषि नीतिलाई समयानुकुल अघि बढाइने कृषि मन्त्री भुषालको प्रतिवद्धता

krishimantri ghan shyam bhusal

काठमाडौं, ९ मंसिर । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुषालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिन चाहेको पनि स्पष्ट पार्नु भयो ।

सोमबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले बीउ बीजनसम्बन्धि नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानुन संशोधन गर्ने पनि बताउनु भयो ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);