यस वर्ष मलको संकट नहुने कृषिमन्त्री दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

यस वर्ष मलको संकट नहुने कृषिमन्त्री दाबी

काठमाडौं । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताउनुभएको छ ।

शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको बताउनु भयो । उहाँले मलका लागि ठूलो संकट नहुने बताउनु भयो ।

उहाँले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताउनु भयो । मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णयक भने नभएकाले आफ्नो हिसावले काम गर्न नसकेको बताउनु भयो । उहाँले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको बताउनु भयो । उहाँले कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल पहल गरिएको पनि बताउनु भयो ।

मन्त्री भुसालले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);