मन्त्रिमण्डल पुनर्गठनप्रति समाजवादी पार्टीको असहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्रिमण्डल पुनर्गठनप्रति समाजवादी पार्टीको असहमति

samajbadi

काठमाडौं, ८ मंसिर । समाजवादी पार्टीले मन्त्रिमण्डल हेरफेरप्रति असहमति जनाएको छ । शनिबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले मन्त्रिमण्डल हेरफेर गठबन्धनबीचको सहमति विपरित भएको भन्दै असहमति जनाएको हो ।

बैठकपछि संचारर्मीलाई प्रतिकृया दिदैं अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले गम्भीर असहमति रहेको जानकारी दिनुभयो ।

बैठकले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता ४ सदस्सिय वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);