दलीय प्रतिष्ठाको लडाइँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

दलीय प्रतिष्ठाको लडाइँ

bidhya

काठमाडौं, ८ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुन लागेको उपचुनाव सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका लागि दलीय प्रतिष्ठाको विषय बनेको छ। दुवै दलका शीर्ष नेताले यहाँको चुनावलाई मिनी जनमतसंग्रहको उपमा दिइसकेका छन्।

तीन–तीनपटक हारेको निर्वाचन क्षेत्रमा जितेर दुई तिहाइको नेकपा सरकारलाई सबक सिकाउने योजनामा छ प्रतिपक्षी कांग्रेस। २०४८ पछिका ६ चुनावमध्ये २ पटकमात्रै झिनो अन्तरले पराजय भोगे पनि २०६४ पछि ३ चुनाव जितेर ह्याट्रिक गरेको सत्तारूढ नेकपा त्यही विरासत जोगाउने ध्याउन्नमा छ।

नेकपा सरकार लोकप्रिय रहेको ठहर्‍याउन यो चुनाव जित्नैपर्ने बाध्यतामा छ भने कांग्रेस सरकार अलोकप्रिय बनेको उदाहरण दिन चुनाव आफूले जित्नुपर्ने दबाबमा छ। स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष र प्रदेश सभा सदस्यसमेत गरी देशभर ५० ठाउँमा उपचुनाव हुँदै छ। धेरैको चासो भने कास्की–२ मा छ। किनकि प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा मात्र उपनिर्वाचन हुन लागेको हो।

प्रतिष्ठाको प्रतिस्पर्धामा खरो उत्रन नेपाली कांग्रेसका सभापति, वरिष्ठ नेताहरुसहित केन्द्रीय पदाधिकारीको जम्बो टोली बिहीबारदेखि पोखरामा छ। शनिबारमात्रै सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, युवा नेता गगन थापासहितले पोखराको बाटुलेचौरमा आयोजित आमसभालाई सम्बोधन गरे। देउवाले आरोप लगाए, ‘भारतले ओलीसँग सोधेरै कालापानीसहितको नक्सा सार्वजनिक गरेको हो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);