सधै भीडभाड हुने सिंहदरबार भित्रका मन्त्रालय शुक्रबार सुनसान | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

सधै भीडभाड हुने सिंहदरबार भित्रका मन्त्रालय शुक्रबार सुनसान

तेजना पण्डित
काठमाडौं, ६ मंसिर । सधैभरी काम लिएर सेवाग्राहीको भिडभाड हुने सिंहदरबार भित्रका मन्त्रालयहरु शुक्रवार बिहानको समयमा भने सुनसान देखिन्थे । सरुवा बढुवाको विषयले संधै भीड हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आज सुनसान नै थियो । संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीले भेट्न आउनेको संख्या खासै देखिएन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पुग्दा मन्त्रीको सचिवालयमा खासै भीड थिएन । अहिले मन्त्रालयको नेतृत्व घनश्याम भुषालले गर्नु भएको छ । हामी पुग्दा त्यहाँ चार पांच जना मानिस मात्रै भेटिनु भयो । उहाँहरु पनि शुभकामनाका लागि पुग्नु भएको थियो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि नयाँ मन्त्री पाएको छ । मन्त्री लेखराज भट्टलाई भेट्न पुग्नेको भीड पनि त्यहाँ थिएन ।

श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुग्दा पनि कामका लागि पुग्ने सेवाग्राहीको उपस्थिति खासै देखिएन । एक दुई जना पुगेकाहरु मन्त्रीलाई सुभकामना दिन जानेहरु नै थिए ।

कानून, न्याय तथा संसदीय मामीला मन्त्रालय त झनै सुनसान थियो । उपप्रधानमन्त्री समेत रहनु भएका कानुन मन्त्री उपेन्द्र यादव भने देश बाहिर हुनुहुन्छ । उहाँको सपथ ग्रहण पनि हुन बाँकी नै छ । सुनसान देखिएको कानुन मन्त्रालयको मन्त्री कार्यकक्षको ढोकामा कागजमा माननीय मन्त्रीको नाम टाँसीएको छ ।

कानुन न्याय तथा संसदीय मामीला मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा भने अन्य मन्त्रालयको तुलनामा उपस्थिति बाक्लै देखिन्थ्यो । उपस्थित सबै कामका लागि नभई बधाइ दिनका लागी पुग्ने स्वास्थ्यकर्मीहरुको बाक्लो भीड थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पनि कामका लागि पुग्नेहरुको उपस्थिति खासै थिएन । जो पुगेका थिए, उनीहरु मन्त्रीलाई बधाइ दिनकै लागि पुगेका थिए । नवनियुक्त मन्त्रीहरुले सम्हाल्नु भएको मन्त्रालयमा हामी दिउँसो १२ बजेदेखि २ बजेको बीचमा पुग्दा मन्त्रीको कार्यकक्ष बाहिर सुनसान जस्तै देखिन्थ्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);