सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार लयमा फर्किन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार लयमा फर्किन सकेन

काठमाडाैं । नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दशैँ मान्न गाउँघर गएपछि सिंहदरवार सुनसान भएको छ ।

दशैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार लयमा फर्किन सकेको छैन । यसैैपनि मन्त्रिपरिषद विस्तार नहुँदासम्म राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड ३ महिना अघिदेखि नै शुन्यप्रायः थियो ।

मंगलवार पनि सिंहदरबारमा मानिसहरुको आवत् जावत् निकै कम देखियो । बुधवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिक रुपमा सकिने भएपनि सरकारी कामकाज शुरु भइसक्दा समेत घर गएका कर्मचारीहरु नफर्केको तथा मन्त्रीहरु पनि अझै शुभकामना आदान प्रदानमै दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो ।

अहिले मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । मंगलबार सिंहदरबार भित्रका प्राय सबै मन्त्रालयमा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्यून मात्रामा देखियो भने कतिपय मन्त्रालयमा मन्त्रीको समेत अनुपस्थित रहेको पाइयो ।

यसरी लामो समयपछि सिंहदरवारले सबै मन्त्री पाउँदा समेत सेवाग्राही र राजनीतिक दलका नेता, कार्यकर्ताहरु सिंहदरबार प्रवेश गर्न पाएका छैनन् भने मन्त्रालयहरुले मन्त्री पाएसँगै चाडवाड शुरु भएपछि महत्वपूर्ण कामहरु समेत गर्न सकिरहेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);