ट्रम्पद्धारा प्रतिद्वन्दी जो बाइडेन विरुद्ध छानविन गर्न युक्रेनलाई दवाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

ट्रम्पद्धारा प्रतिद्वन्दी जो बाइडेन विरुद्ध छानविन गर्न युक्रेनलाई दवाव

trump

एजेन्सी, ६ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक प्रतिद्वन्दी जो बाइडेन विरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा ह्वाइट हाउसका सहयोगी र उच्च कुटनीतिज्ञ फिओना हिलले राष्ट्रपति ट्रम्पकै निर्देशनमा डेमोक्य्राट्स नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दवाव दिइएको बयान दिएको संचार माध्यमहरुले जनाएका छन् । त्यसैगरी युरोपेली संघ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले राष्ट्रपति ट्रपका निजी कानुनी सल्लाहकार रुडी जुलिआनीले जो बाइडेन विरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको बयान दिएका छन् ।

जाँचबुझ सम्बन्धी सुनुवाइले राष्ट्रपति ट्रम्पले राजनीतिक लाभका लागि आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो वाइडेनविरुद्ध छानविन गर्न युक्रेनलाई दवाव दिएको कुरा पुष्टि गर्न चाहेको छ । राष्ट्रपति ट्रम्पले जो वाइडेनविरुद्ध छानविन गर्न दवाव दिन युक्रेनलाई दिइने सैन्य सहायतासमेत रोकेको आरोप लगाइएको छ । वाइडेन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्य्राटीक पार्टीका संभावित उम्मेद्वार हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);