ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन : को-को परे, को-को हटाइए (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन : को-को परे, को-को हटाइए (सूचीसहित)

mantri

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन  गरेका छन्। ओलीले पुनर्गठनमा नयाँ अनुहार समावेश गरेका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री ओलीले चित्तबुझ्दो काम नगर्ने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

प्रधानमन्‍त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो। राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि मन्त्रीले शपथ ग्रहण भने गरेका छैनन्। नयाँ मन्त्रीको शपथ कार्यक्रम बिहीबार बिहान राखिएको छ। 

नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा,  सहरी विकासमन्त्री  इस्तियाक राइ यादव र खानेपानीमन्त्री विना मगरलाई यथावत् राखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);