१३औं सागमा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

१३औं सागमा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा

काठमाडौं, ३ मंसिर । आसन्न १३औं दक्षिण एशियली खेलकुद सागमा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार पत्रकार सम्मेलन गरेर मंसिर १५ देखी २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय टीम संयोजक रिमबहादुर रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो ।

सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो ।

रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ ।

खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।