१३ औं सागका लागि पौडी पोखरीकाे निर्माण कार्य तीब्र | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

१३ औं सागका लागि पौडी पोखरीकाे निर्माण कार्य तीब्र

काठमाडौं, २ मंसिर । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि पौडी पोखरी निर्माण कार्य तीब्र पारिएको छ । सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिषरमा अत्याधुनिक प्रविधिको पौडी पोखरी सम्पन्न हुने चरणमा छ । कुल २२ करोडको लगानीमा बन्न लागेको पौडी पोखरीमा छतको फ्रेम हाल्ने काम सकिएको छ ।

एक दुई दिनभित्रै छानो हाल्ने काम सकिनेछ । २५ मिटर लामो उक्त पौडी पोखरीमा तातो पानी उपलब्ध हुने भएकाले जुनसुकै मौसममा पनि प्रतियोगिता र प्रशिक्षणमा खेलाडी सहभागि हुन सक्छन् ।

अहिले पौडी पोखरीको भुईँमा टाइल हाल्ने, पोखरी वरीपरी मार्वल विच्छ्याउने काम भइरहेको छ । एक सातभित्र यसलाई तयार पर्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद् राखेपको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता आउन दुई साताको समय बाँकी रहेको अवस्थामा कामलाई तीब्रता दिइएको राखेपले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);