मन्त्रिपरिषद् आंशिक फेरबदल हुने | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

मन्त्रिपरिषद् आंशिक फेरबदल हुने

kp-oli

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरूलाई मात्रै हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरू मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो तर आज ९आइतबार० कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरू त प्रधानमन्त्रीको अधिकार हो, हेरौं के गर्नुहुन्छ ।’
उनले मन्त्रीहरूको काम हेरेर राख्ने या बिदाइ गर्ने निर्णय गर्न प्रधानमन्त्रीलाई लगभग सबै सदस्यले सुझाव दिएको बताए । ‘भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नो मात्रै स्वार्थ हेर्नेहरूलाई बिदाइ गर्नुपर्‍यो, राम्रा, काबिल र गतिशील साथीहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्‍यो,’ उनले बैठकमा प्रधानमन्त्रीलाई दिइएको सुझाव उल्लेख गर्दै भने ।

मन्त्रिपरिषद् हेरफेरबारे अनावश्यक हल्ला नगर्न पनि सदस्यहरूले दुई अध्यक्षलाई सुझाव दिएका छन् । मन्त्रिपरिषद् गठन गर्ने हो भने पनि ‘हल्ला नगरी टुंगो लगाउनुस्, यो सुटुक्क गर्ने कुरा हो’ भनेर आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);