थैलेसिमिया रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न पीडितको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

थैलेसिमिया रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न पीडितको आग्रह

काठमाडौं, २६ कात्तिक । थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन ।

थैलेसिमिया रोगका पीडितहरुले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । नेपालमा यो रोगको उपचार सुलभ रुपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरुले यस रोगको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन । यो रोगबाट पीडित पारसनाथ मिश्राले यस रोगको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘सांग्रीला का युवा’ नामक संस्थाले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस रोगका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बजारमा दसैं, तिहार, छठलगायतका पर्वका कारण रगतको अभाव भएपछि सो संस्थाले यस रोगको पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल सिमरियाले जानकारी दिनु भयो ।

नेपालमा हाल २ सय ५० देखि ३ सयसम्म थैलेसिमियाका विरामी रहेको अनुमान गरिएको अनुमान छ । त्यसमध्ये हाल एक सय ८५ जनाले बिभिन्न अस्पतालमा उपचार गराइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

चिकित्सकहरुका अनुसार रगतमा हेमोग्लोबिनको कमी भएपछि यो रोग लाग्ने गर्दछ । यो रोग लागेका मानिसमा जीवनभर रगत चढाउनुपर्ने भएकाले यसको उपचार पद्धति महंगो छ । पीडित मिश्राले यसको सामान्य उपचार लागि मात्रै मासिक ३० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);