हिउँदे अधिवेशन बोलाउन सरकारसँग काँग्रेस सांसद्काे माग | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

हिउँदे अधिवेशन बोलाउन सरकारसँग काँग्रेस सांसद्काे माग

काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्नु भएको छ ।

लिपुलेक, कालापानी हाम्रो हो भनेर संसदबाट प्रस्ताव पारित गरेर भारतसँग राजनीतिक वार्तामा बस्न पनि सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई गर्न नहुने काँग्रेस सांसद संग्रौलाको भनाई छ ।

‘लिपुलेक, कालापानी हाम्रो हो भनेर सदनबाट प्रस्ताव पारित गर्न पनि संसदको हिउँदे अधिवेशन तत्काल बोलाउनु पर्दछ,’ सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले भन्नु भयो,‘भारतसँगको सीमा समस्या समाधानका लागि सर्वपक्षीय राजनीतिक वार्ता भयो, अव सदन बोलाएर त्यसबाट पनि यो प्रस्ताव पारित गरेर अघि बढनुपर्छ ।’

सांसद संग्रौलाले भारतले सीमा अतिक्रमण भएको राजनीतिक नक्सा सार्वजनिक गरेर नेपालको स्वाभिमान माथिनै आँच पु-याउन लागि सकेको उल्लेख गर्दै दुई मुलुकबीचको सीमा एकीन गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

काँग्रेस सांसद संग्रौलाले भारतले नेपाली भूमि हड्पेको दावी गर्दै अव ती समस्या समाधानका लागि सरकारले निर्णायक वार्ता गर्ने बेला आएको पनि पटक पटक दोहो-याउनु भयो ।