भारतले सीमा मिचेको विरोधमा चौतर्फी प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भारतले सीमा मिचेको विरोधमा चौतर्फी प्रदर्शन जारी

काठमाडौं, २५ कात्तिक । भारतले सीमा मिचेको विरोधमा नेपालमा चौतर्फी विरोध प्रदर्शन जारी रहेको छ । सीमा अतिक्रमणको विषयमा मधेशवादी दलका नेताहरुको सार्वजनिक अभिव्यक्ति अहिलेसम्म आएको देखिंदैन । मधेशवादी माथिल्ला तहका नेताहरुबाट सीमा अतिक्रमणको विरोधमा अभिव्यक्ति नआए पनि जनस्तरमा भने तराईमा पनि आन्दोलनको लहर छाएको छ ।

नेपालको तराई क्षेत्रको भुभाग भारतबाट पटक—पटक मिचिदै आएको छ । नेतृत्व तहले त्यसको खुलेर विरोध नगर्दा जनस्तरबाट भने सकेजति सामना हुँदै आएको छ । भारतको हेपाहा प्रवृतिबाट तराईबासीहरु वर्षाै वर्षदेखि विभिन्न समयमा भारतीहरुको दादागिरीबाट दुःख पाउदै आएका छन् । राति आफ्नै जमिनमा सुतेकाहरु बिहान उठ्दा भारतीय हुनुपर्ने कठिन बाध्यता अहिले पनि छंदैछ । भारतले नेपाली भुमीलाई मिचि नेपाली जग्गा धनीहरुलाई कुटीपिट गरी आफ्नै भुमिबाट बञ्चित गर्ने गरेको पीडा पुरानै हो ।

पूर्वी तराईका सीमा मिचिंदै आएकोमा अब त सुदूरपश्तिम क्षेत्रको समेत जमिन भारतले हड्पन शुरु गरेको छ । यसपटक भने नेपाली जनता चुप नलाग्ने बताउन थालेका छन् । मधेशका जनता र मधेश केन्द्रित राजनिती गर्ने दलहरुले पनि भारतीय अतिक्रमणविरुद्ध सक्रियता देखाएका छन् ।

राजपा मात्र होइन समाजवादी पार्टी पनि भारतीय अतिक्रमणको विरोधमा मुख खोल्न थालेका छन् । नेपालको भुमि कसैले मिच्यो भने सहन नसकिने उनीहरु बताउँछन् । पहाडमा भन्दा तराईमा भारतले वर्षाैदेखि वर्षेनी सीमा अतिक्रमण गर्दै आएको छ । सर्वसाधारणले प्रतिकार गर्न खोज्दा ज्यादै गुमाएको कयौं घटना सार्वजनिक नभएका होइनन् ।

तर, नेपालका राजनीतिक दलहरु सीमा मिचिएको र सीमा क्षेत्रका जनताले पाएको दुःखमा खासै गम्भीर हुन सकेको पाइदैन । तर यस पटक देशव्यापी रुपमै जनस्तरबाट सडक प्रदर्शन हुन थालेपछि शीर्ष नेतृत्वलाई सुन्नै पर्ने चर्काे दवाव छ । दल आवद्ध विद्यार्थी संगठनका युवाहरुबाटै सडकबाट आएको आवाज नसुन्ने दललाई बढार्ने चेतावनी दिइएपछि अहिले दलहरु बाध्य भएर सीमा सुरक्षाको लागि एक ठाउँमा उभिएको देखिएको छ । समाधान कसरी खोज्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);