पछिल्लो समय सुनचाँदीको कारोबार ठप्प | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

पछिल्लो समय सुनचाँदीको कारोबार ठप्प

today gold rate in enepal

प्रमिला खतिवडा

काठमाडौं, २३ कात्तिक । पछिल्लो समय सुनचाँदीको कारोबार ठप्प जस्तै भएको छ । सुनको मूल्यमा लगातार भएको बृद्धिले यतिखेर सुनचाँदी किन्नेको भन्दा बेच्ने ग्राहकको संख्यामा बृद्धि भएको छ । जसले गर्दा यतिखेर सुनचाँदी व्यवसायी मर्कामा परेका छन् ।

विशेषगरी तिज र दसैंमा सुनसान बनेको सुनचाँदीको कारोबार तिहारमा भने केही बृद्धि भएको थियो । विशेषगरी तिहारमा धनतेरशको दिन सुनचाँदी जोड्ने र तिहारमा पूजाका सामान र सुनका गहना पूजा गरिने भएकाले यसको मागमा बढोत्तरी भएको हो ।

तिहारमा १० अर्ब रुपैयाँ बराबरको सात सय केजी सुन र झन्डै एक अर्ब रुपैयाँ बराबरको पाँच हजार किलो चाँदी बिक्री भएको थियो । तिहारमा झण्डै ११ अर्ब रुपैयाँ बराबरको सुनचाँदीको कारोबार भएको थियो ।

तिहारमा सुनचाँदीको कारोबार सन्तोषजनक रहेको भएपनि पछिल्लो समय सुनचाँदीको मूल्यमा ह्वात्तै बृद्धि भएपछि भने यतिखेर व्यवसायि भने संकटमा परेका छन् । यो बर्षको साउनदेखि सुनको मूल्यमा आएको बृद्धिले गत वर्षको तुलनामा कारोबार हुन नसकेको सुनचाँदी व्यवसायि बताउँछन् ।

मूल्यबृद्धिसँगै सुन तथा चाँदीका गरगहना किन्न आउने ग्राहक भन्दा बेच्न आउने ग्राहको संख्यामा बृद्धि भएपछि सुनचाँदी व्यवसायि मर्कामा परेका हुन् । अब विहेको सिजनको महिना मंसिर आउँदै गरेकाले व्यवसायि केही आशाबादी रहेका छन् ।

यता सर्वसाधारण पनि सुन तथा चाँदीको मुल्य बृद्धिले सुनका गरगहना किन्ने नसक्ने अवस्थामा पुगेको बताउँछन् । तर आवश्यकता भएपछि जतिनै महङ्गो भएपनि किन्नैपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो रहेको छ ।

पछिल्लो समय अमेरिका र चीनबीचमा भएको युद्धका कारण लगायत विदेशी मुद्रा र शेयरबजारमा आएको गिरावटका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । मुलुकभर २२ हजार सुनचाँदी पसल छन् । सुनचाँदीमा मन्दी आएपछि वाणिज्य बैंकले साउनदेखि सुन आयात रोकेको थियो तर नेपाल बैंकर्स संघका अनुसार कात्तिकमा दुई सय किलो सुन आयात भएको छ ।

६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य एक महिनाकै अवधिमा बढेर ७२ हजार रुपैयाँ भन्दा माथि उक्लिएपछि सुनको कारोबारमा शून्य भएको हो । यो समयमा भने प्रतितोला सुनको मूल्यमा गिरावट आएर ६९ हजार ९ सय र चाँदी प्रतितोला ८ सय ३५ रुपैयामा कारोबार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);