बालगृह कमाइखाने भाँडो, यौनहिंसाको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालगृह कमाइखाने भाँडो, यौनहिंसाको जोखिम

balgriha

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा पर्‍यो । बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सरकारी टोली अचम्ममा पर्‍यो ।

टहरोमा तीन कोठा मात्रै बालगृह सञ्चालनका लागि भाडामा लिइएको रहेछ । अन्य कोठा भाडामा लगाइएको रहेछ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ ले तोकेको कुनै मापदण्ड बालगृहले पूरा गरेको थिएन । त्यहाँ औसत सरसफाइको अवस्था पनि नाजुक थियो । उक्त टोलीमा संलग्न राष्ट्रिय बालअधिकार परिषद्का नायब सुब्बा देवी डोटेलले भने, ‘न आश्रित बालबालिका सफासुग्घर थिए न किचनमा सफाइ । बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था पनि नभएजस्तो देखिन्थ्यो ।’

नगरपालिकाका मेयर र वडाध्यक्षसहितको सरकारी टोलीले त्यहाँ आश्रित ११ बालबालिकालाई उद्धार गर्‍यो । तिनीहरूमध्ये दस जना मुगु र एक जना जुम्लाका थिए । समाजसेवा गरेको देखिने र गरिब बालबालिका देखाएर विदेशीबाट पैसा पनि झार्न सकिने लोभले मुगुका अर्जुन नेपालीले उक्त बालगृह सञ्चालन गरेका थिए । राष्ट्रिय बालअधिकार परिषद्का अधिकृत रामबहादुर चन्दका अनुसार बालबालिकालाई देखाएर विदेशी दाताबाट पैसा झार्न सकिने, त्यसैबाट गुजारा चलाउने र समाजसेवा गरेको पनि देखाउने लोभमा बालगृहहरू सञ्चालन गरिएको देखिन्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);