दोस्रो विवाह मुद्दा : जिल्ला अदालतमा सदर, उच्चमा बदर | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दोस्रो विवाह मुद्दा : जिल्ला अदालतमा सदर, उच्चमा बदर

kathmandu jilla adalat

काठमाडौं, २३ कात्तिक । जिल्ला अदालतले मान्यता दिएको दोस्रो विवाहको एक मुद्दा उच्च अदालतबाट बदर भएको छ। काठमाडौं जिल्ला अदालतले गत भदौमा सदर गरिदिएको नारायण महत र दुर्गा श्रेष्ठको दोस्रो विवाहको मुद्दा उच्च अदालतले बिहीबार बदर गरिदिएको हो। काठमाडौं गोकर्णेश्वरमा बस्दै आएका उनीहरूले २०७१ सालमा ‘डिपेन्डेन्ट’मा जापान जान कानुनी विवाह गरेका थिए।

महतकी पहिली पत्नी सावित्री महतले आफूसँग विवाह सम्बन्ध कायम हुँदाहुँदै अर्को विवाह गरेको भन्दै जाहेरी दिए पनि काठमाडौं जिल्ला अदालतले भदौ ५ गते दोस्रो विवाहलाई नै सदर गरेको थियो। जिल्ला अदालतबाट सो बहुविवाहलाई सदर गरेपछि सावित्रीले पाटन उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। विदेश जाने बहानामा अदालतलाई नै ढाँटेर दोस्रो विवाह गरेको खुलेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गरिदिएको हो। मुद्दा बदर भएसँगै उनीहरू अहिले थुनामा छन्।

मुलुकी अपराध (संहिता) २०७४ मा विवाहित पुरुष वा महिलालाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ। यदि विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था ऐनमा छ। मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था छ। विवाहित पुरुषले आफ्नी पत्नी कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाउँछ। यसलाई ख्याल नराखी बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);