अप्सरा गौतम
काठमाडौं, १८ कात्तिक । दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरुमा सवारी दुर्घटनाको दर बढ्ने गरेको प्रहरी तथ्याङकले देखाएको छ । चाडपर्व लागे संगै घर जाने र चाडपर्व मानेर फर्कनेको चाप, सवारीसाधनको अनियन्त्रित गति, पुराना सवारीसाधन तथा सडकको दुरवस्थाका कारण चाडपर्वमा दुर्घटना बढ्ने गरेको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीको तथ्याङक अनुसार मुलुकभर वर्षमा २२ हजार भन्दा बढी साना ठुला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा ३ हजारको हाराहारीमा मानिसको मृत्य हुने गरेको छ ।
जसमा हजाराैं मानिस घाईते हुने गरेका छन् । तर यो दर चाडपर्वका समयमा भने झनै बढ्ने गरेको छ । प्रहरीको तथ्याङक अनुसार हरेक वर्ष दशैंको घटस्थापनादेखी छठसम्म सडक दुर्घटनाको संख्या उच्च रहने गरेको छ ।
अघिल्लो वर्षको दशैंको घटस्थापनादेखी तिहारसम्मको अवधिमा ७ सय ७६ दुर्घटना भएको थियो भने मृत्यु हुनेको संख्या १ सय ६८ रहेको थियो । यस वर्षको सोहि अवधिमा ९ सय ८ सवारी दुर्घटना भएका छन् भने मृत्यु हुनेको संख्या १ सय ३९ रहेको छ ।
गत वर्षको चाडबाडको समयमा भन्दा यस पटकको चाडबाडको समयमा सवारी साधन बढी दुर्घटना भएको देखिन्छ भने मृत्यु हुनेको संख्यामा भने कमी देखिएको छ।
अन्य समयको तुलनामा चाडपर्वका समयमा दुर्घटना बढ्नुको मुख्य कारण मानिसको चाप बढीे, सडकको दुावस्था, क्षमता भन्दा बढी यात्रु बोक्ने, तथा सवारी गुडाउने प्रतिश्पर्धा मुख्य रहेको छ ।
तर चाडबाडका समयमा यति धेरै दुर्घटना बढेपनि नियामक निकायको भुमिका भने प्रभावकारी नदेखिएको र दुर्घटनालाई न्यूनिकरणका लागि व्यक्ति नै सचेत हुनुपर्ने सर्वसाधारणको भनाई छ ।
दुर्घटना आफैमा पिडादायी हुन्छ । अझ चाडपर्वका समयमा आफन्त गुमाउनुको पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ । यसरी चाडपर्वका समयमा यात्रुको चाप उच्च हुने र दुर्घटना पनि उच्च हुने गर्दछ ।
तर पनि नियमकनकारी निकायले भने यसको न्यूनिकरणका लागि प्रभावकारी ढंगले कदम चालेको देखिदैन । र सर्वसाधारणले भने हरेक वर्षको चाडबाडमा ठुलो संख्यामा आफन्तहरु गुमाईरहेका छन् ।