त्रिभुवन विश्वविद्यालयका उपकुलपति बास्कोटाद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बास्कोटाद्वारा पदभार ग्रहण

dharmakanta baskota

काठमाडौं, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले सोमबार पदबहाली गर्नु भएको छ ।

आईतबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उहाँलाई उपकुलपतिमा नियुक्त गर्नु भएको थियो । सोमबार सो नियुक्त पत्र बुझेर उहाँले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सो विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकि नराख्ने दृढता पनि व्यक्त गर्नु भयो ।

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकूलपति बास्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);