जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै मजदुरको मृत्यु

बझाङ, १८ कात्तिक । बझाङमा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।

चारैजना मजदुर आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका थिए । फसेकाहरुको शव २४ घण्टापछि सोमबार दिउँसो ३ शुरुङबाट बाहिर निकालिएको थियो ।

आईतवार घटना भएलगत्तै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौंबाट उद्धार टोली पठाइएको थियो ।

हेलिकोप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् । अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);