प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि माओवादी ठूलो शक्ति बन्ने प्रचण्डको दावी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो पार्टी देशको सबैभन्दा ठूलो शक्ति बन्ने दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुबीचको एकता र ध्रव्रीकरणको प्रक्रियाले डेढ वर्ष भित्रै आफ्नो पार्टीलाई मुलुकको शक्तिशाली तागतको रुपमा स्थापित गराउने विश्वास पनि व्यक्त गर्नु भयो ।

मंगलबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा अग्रगामी संघीय मोर्चाका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उहाँले परिवर्तनकारी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजान आफू जस्तोसुकै त्याग गर्न पछि नपर्ने पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष दाहालले मधेशमा पार्टीको पक्षमा जनलहरनै सृजना भएको दावी पनि गर्नु भयो । उहाँले मधेशका बुद्धिजीविलाई समेत माओवादी कमजोर भए मधेशले हार्ने कुरा महसुस गराउन सकेकोमा आफूलाई गर्वानुभूति भएको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले राष्ट्रलाई एकतावद्ध बनाउन, पहिचान र अधिकारको लडाईलाई तार्किक निष्कर्षमा पुर्याउन माओवादी केन्द्रको विकल्प नभएको पनि दोहोर्याउनु भयो । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);