कसरी भयो छठ पर्वको सुरुवात ? यस्तो छ महिमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कसरी भयो छठ पर्वको सुरुवात ? यस्तो छ महिमा

chhath-puja

काठमाडौं, १६ कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व आइतबार सप्तमीका दिन उदाउदो सुर्यलाइ अर्घ दिइ मनाइँदै छ ।

चार दिनसम्म मनाइने छठ अन्तरगत शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुनेछ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा विशेष ध्यान दिनुपर्दछ । छठको ब्रत अत्यन्तै कठिन ब्रतको रुपमा पनि लिइन्छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

छठमा ढिकी–जाातोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान्न परिकार, माटोको भाँडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरुले सूर्यलाई अर्घ दिने प्रचलन छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित रहेको मान्यता रहदै आएको छ । विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

छठ पर्वको वैज्ञानिक महत्व समेत रहेको छ । कार्तिक महिनामा सुर्य तुला राशीको तल्लो स्थानमा पर्ने हुनाले यसबाट नकारात्मक बिकिरण उत्पन्न हुने भएकाले यसको प्रभावलाइ नष्ट गर्नका लागी जलाशयमा बसेर अध्र्यको माध्यमबाट सुर्यको दर्शन गर्नाले पराबैजनी प्रकाशबाट जीवहरुको हानी नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकिएको संस्कृत बिद्ध जगमान गुरुङको भनाइ छ ।

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमती उपत्यकाका २० स्थानका नदी किनारमा सजावट गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);