काठमाडौं, १३ कात्तिक । नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान ग्राण्डि अस्पताल पुग्नुभएको छ ।
बुधबार बिहानै अस्पताल पुग्नुभएका प्रधानमन्त्रीलाई अहिले केही बेरमा डिस्चार्ज गरिदै छ । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।