बलात्कारको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बलात्कारको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ

काठमाडौं, १२ कात्तिक । किशोरी बलात्कारको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन् । पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको हो ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यस लगत्तै परिचालन भएको प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो ।

ेआरोपित राईलाई आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी किशोरीलाई बलात्कार गरेको बयानमा उल्लेख छ । राई आरआर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);