प्रधानमन्त्री ओलीले लगाए चार बहिनीको हातबाट भाईटीका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले लगाए चार बहिनीको हातबाट भाईटीका

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाईटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाईटीका लगाई दिनु भएको हो ।

भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गर्नु भएको थियो ।

त्यस अवसरमा उहाँले बहिनीहरुले दिएका भाईमसाला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);