चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न प्रधानमन्त्रीको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गर्नु भएको छ । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भईरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिईरहेको पनि स्मरण गराउनु भयो ।

‘तिहारले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित, मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित, व्यवस्थित गराउन ठूलो योगदान गरेको छ,’ मंगलबार आफ्नै सरकारी निवास बालुवाटारमा चार बहिनीहरुबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर तिहारमा नराम्रा क्रियाकलाप हुने गरेकाले ती क्रियाकलापहरुलाई हामीले छोडनुपर्छ, ती हाम्रा परम्परा होईनन्, त्यस्ता विकृतिलाई छाडेर सुकीर्तिलाई अघि बढाउन र अपनाउन म सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले त्यस अवसरमा सबै नेपाली जनताको उन्नति र प्रगतिको कामना पनि गर्नु भयो । ‘तिहारको अवसरमा सबै दिदीबहिनी–दाजुभाईलाई हार्दिक र मंगलमय शुभकामना भन्न चाहान्छु,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, सबैको स्वास्थ्य राम्रोहोस् सबैको भलोहोस् उन्नति र प्रगतिहोस् ।’

उहाँले तिहार चाडले दिदीबहिनी र दाजुभाईबीचको मात्रै नभई सिंगै परिवारको सम्बन्धलाई सुमधुर बनाउन पनि महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);