वैदेशिक रोजगार व्यवसायीद्धारा सरकारलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

२७ भदौ, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीहरुले सरकारले एक करोड धरौटी लिने कानुनी व्यवस्था गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

वैदेशिक रोजगार विभागको कार्यालयमा मंगलबार धर्ना दिन पुगेका वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसायीहरुलाई १ करोड धरौटि लिने प्रस्तावित ऐन पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन । उनीहरुले एक करोड धरौति लिने ऐन बनाउन नेतृत्व गरेकाले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्षमा धर्ना दिन आउनु परेको पनि स्पष्ट पारेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले १ करोड धरौटी लिने कानुनी व्यवस्था गरे व्यवसायीहरु आफ्नो सम्पूर्ण काम कार्वाही छाडेर सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भयो ।

संघले इजाजत पत्रवाला व्यवसायीहरुको धरौटि रकम २०६४ को ऐनमा व्यवस्था गरे अनुसार हुनुपर्ने माग पनि गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुले श्रम सम्झौता गरेर गन्तव्य मुलुकमा रोजगारीका लागि पठाउने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);