धादिङमा भएको बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

धादिङमा भएको बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते

accident

धादिङ, २७ भदौ ।आज बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडाँैबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नं को यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालयका अनुसार नवलपरासी जिल्ला सुस्ता गाउँपालिका–५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो ।

दुर्घटनामा ३१ जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।