पूर्वसांसद्लाई पेन्सन दिने विषयमा विवाद, पेन्सन माग्ने सांसद् नै उपसमितिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, २७ भदौ । पूर्वसांसद्लाई पेन्सन दिने प्रस्तावमा संसदको राज्य व्यवस्था समितिमा विवाद भएको छ । सांसदबीच विवाद चुलिएपछि समस्या समाधान गर्न समितिले उपसमिति गठन गरेको छ। कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन्।

कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले पूर्वसांसदलाई राज्यले बेवास्ता गर्दे आएको बताइन्। कांग्रेसकै अर्जुनप्रसाद जोशीले पूर्वसांसदलाई मर्यादाक्रम निर्धारण गरी सुबिधा उपलब्ध गराउनुपर्ने बताए। एमालेका मानप्रसाद खत्रीले सांसदको मर्यादाक्रम निर्धारण गरी पेन्सन दिनुपर्ने बताएका थिए।

एमालेका गंगालाल तुलाधरले पूर्वसांसदलाई पेन्सन दिने विषय सोचनीय भएकाले अहिल्यै निर्णय गर्न नहुने बताए। पूर्वपदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकमाथि थप छलफल गर्न गठित उपसमितिमा पूर्वसांसदलाई पेन्सन दिनुपर्ने माग गर्ने सांसदहरुलाई राखिएको छ । आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);