गौर नगरपालिकामा नेपाली कांग्रेस र समाजवादी फोरमबीच चुनावी तालमेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

रौतहट, २७ भदौ । रौतहटको गौर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच तालमेल हुने भएको छ। गौरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको जिल्ला स्तरीय बैठकमा निकै छलफल भएपछि एक अर्कालाई मेयर र उपमेयर पदमा सघाउने तालमेल भएको हो।

यहाँ संघीय समाजवादी फोरम नेपालबाट मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादव र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार वीरबहादुर साहलाई सघाउने गरी दुई पार्टीबीच गठबन्धन भएको हो।

मेयर उपमेयर उम्मेदवारद्वय यादव र साहले सोमबार गौरमा भएको पत्रकार सम्मेलनमा नगरको बृहत्तर हितका लागि गठबन्धन भएको बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);