पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर

काठमाडौँ, ८ असोज । पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन्।

पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एवं कांग्रेसका उममेदवार रामेश्वर रौनियारलाई हराउदै नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भएका हुन्।

फोरम नेपालका उम्मेदवार चौहान ०६४ सालको पिहिलो संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए।  चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए।

पोखरीया नगारपालिकाको उपमेयरमा भने पत्रकारिता पेसा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० बर्षीया महिला सलमा खातुन विजयी भएकी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ।