भारत र पाकिस्तानबीचको तनावले सार्कको सम्मेलन अनिश्चित | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

भारत र पाकिस्तानबीचको तनावले सार्कको सम्मेलन अनिश्चित

काठमाडौँ, ८ असोज । भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ। प्रायस्जसो हरेक वर्षको नोभेम्वर महिनामा सार्क सम्मेलन गर्ने परम्परा रही आएको छ।

भारत र पाकिस्तानको विचमा सम्बन्धमा सुधार नआएसम्म सार्क सम्मेलनको सम्भावना छैन। तर दुई देशको तिक्तता घटो होइन वढो अवस्थामा रहेको छ । संयुक्त राष्ट्रसंघको जारी महासभामा भारत र पाकिस्तानबीचको तनाव झनै छताछुल्ल भएको छ । दुवै मुलुकले एक अर्कालाई आतंवादलाई बढावा दिएको आरोप लगाएका छन् । भारतले निरन्तर रूपमा नै पाकिस्तानको कारणले सार्क सम्मेलन हुन नसकेको दाबी गर्दै आइरहेको छ।

पाकिस्तानले पनि भारतकै कारण नै गत वर्ष सार्क सम्मेलन हुन नसकेको बताइरहेको छ । भारत र पाकिस्तानको विचमा तत्काल वार्ता हुने सम्भावना पनि एकदमै न्युन रहेको छ, जसले सार्कलाई झन प्रभावित पार्ने छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);