'छैटौं सार्क विजनेश कनक्लेभ' नेपालमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘छैटौं सार्क विजनेश कनक्लेभ’ नेपालमा

काठमाडौं, २७ फागुन । सार्क राष्ट्रका व्यवसायीहरुको छैटौं सार्क विजनेश कनक्लेभ नेपालमा हुने भएको छ । सार्क चेम्वर अफ कमर्सको आयोजनामा आगामी चैत २, ३ र ४ गते सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा सार्क क्षेत्रको साझा अर्थतन्त्र, सार्क विजनेशका लागि आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गरिने जनाइएको छ । सम्मेलनमा नेपाल बाहेकका सार्क सदस्य राष्ट्रहरुबाट दुई सय जनाको उपस्थिती रहने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);