लुम्बिनी सुगर मिल बन्द हुँदा कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

लुम्बिनी सुगर मिल बन्द हुँदा कृषक चिन्तित

sugar

मोहम्मद इजहार शेष
नवलपरासी, २७ फागुन । जिल्लाको सबैभन्दा ठूलो उखु क्रसिङ गर्ने लुम्बिनी सुगर मिल बन्द हुँदा नवलपरासीका कृषकलाई बारीमै उखु सुक्ने चिन्ताले सताउन थालेको छ । भएका अन्य दुई साना मिलले जिल्लामा उत्पादित सबै उखु खपत गर्न नसक्ने भएकाले कृषकहरुलाई घर–व्यवहार कसरी चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको हो ।

उखु क्रसिङ गर्ने समय घर्किदै गएको छ । तर, अहिलेसम्म किसानले उखु बेच्न पाएका छैनन् । सञ्चालकको मृत्यु भएकाले जिल्लाको सबैभन्दा ठूलो लुम्बिनी चिनी मिल यो वर्ष १ महिना समेत क्रसिङ्ग नगरी बन्द भएको छ । संचालनमा रहेका इन्दिरा सुगर मिल र कुडिया खडसारीलगायले सबै कृषकको उखु खपत गर्न सक्दैनन् । ढिला गरी संचालन भएकाले ती उखु मिलमा पनि कृषकहरुको चाप हुने गरेको छ । जसका कारण कतिपय कृषकको उखु मिलमै र कतिपयको बारीमै सुक्न थालेको छ ।

चापका बाबजुत मिलसम्म उखु पु¥याएका कृषकहरुले अघिल्लो वर्ष जतिपनि मूल्य पाएका छैनन् । गत वर्ष ५ सय ३१ रुपैयाँ प्रतिक्वीन्टलले बेचेका किसानहरु यो वर्ष मूल्य निर्धारण नहुँदा प्रतिक्वीन्टल ४ देखि ५ सय रुपैयाँमै उखु बेच्न बाध्य छन् । आफूहरुको समस्या समाधानको लागि उद्योग व्यावस्थापन र स्थानीय प्रशासनले कुनै चासो नदिएको उखु किसानहरुको गुनासो रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);