मिलले भारतबाट उखु आयात गर्न थालेपछि तराईका कृषक मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिलले भारतबाट उखु आयात गर्न थालेपछि तराईका कृषक मारमा

बारा र पर्सामा ५ लाख क्वीन्टल उखु खेतमै सुक्न थाल्यो

अनुप तिवारी

बारा, १४ चैत । बाराको उखु मिलले भारतबाट उखु आयत गरेपछि पर्साका उखु कृषक मारमा परेका छन् । मिल संचालकले भारतबाट उखु आयत गरेपछि पर्सामा ५ लाख क्युन्टल भन्दा धेरै उखु कृषकहरुको खेतमै सुक्न थालेको छ ।

बाराको रिलायन्स सुगर मिलले भारतबाट सस्तोमा उखु आयत गरेपछि नेपाली उखु कृषक मारमा परेका हुन् । कृषकहरुलाई प्रोत्साहन गरेर उखु रोप्न लगाएको मिलले भारतबाट आयात गरेपछि नेपाली उखु खेतमै सुक्न थालेको कृषकहरुको गुनासो छ ।

पर्सामा यो बर्ष ५ हजार बिगाहामा उखु खेती गरिएकोमा अझै ४० प्रतिशत उखु खेतमै छ । एकतार्फ उखु बिक्री भएको छैन भने अर्कोतर्फ कृषकले भुक्तानी पाउन सकेका छैनन् ।

कृषकहरुले प्रदेश सरकार र स्थानीय प्रशासनलाई समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् । तर पर्साका उखु कृषकको समस्या समाधान गर्न कसैले चाँसो दिएको छैन ।

सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । तर उखु मिलहरुले भारतबाट उखु आयत गर्दा नेपाली उखु खेतमा सुकेर बसेका छन् । कृषकहरुले खेतामा सुकेर बसेको उखुको व्यवस्थापन गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);