उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

उखु बारीमै थन्किएका बेला भारतबाट ५० हजार क्विन्टल उखु आयात गर्न प्रस्ताव

ukhu

काठमाडौं, २१ माघ । नेपाली किसानले उत्पादन गरेको उखु बारीमै थन्किएका बेला एउटा चिनी उद्योगले भारतबाट उखु आयात गरी क्रसिङ गर्नका लागि अनुमति मागेको छ।

सिरहाको हिमालय सुगर मिलले ५० हजार क्विन्टल उखु आयात प्रस्ताव सिरहा जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पेस गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्योगीका मागका सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार मिलले भारतको मधुवनी भन्ने ठाउँबाट करिब २ दशकदेखि उखु आयात गर्दै आएको छ ।

हिमालय मिलले विगतमा भारतबाटै आयात गरिरहेकाले अहिले पन आयात गर्न पाऊँ भनेर पत्र पठाएको हो ।

सिराहा प्रशासनले मन्त्रालयसँग यो प्रस्तावको विषयमा राय मागेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।