तिहार आजदेखि सुरु, भोली कागपूजा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तिहार आजदेखि सुरु, भोली कागपूजा

Yampanchak

काठमाडौं, ८ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीमा सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । यमपञ्चक सुरुभएसंगै शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान शुक्रबार सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिले जानकारी दिएको छ ।

गाई, गोरु र म्ह पूजा कात्तिक ११ गते सोमबार परेको छ । सोमबार ११ गते बिहान ९ः४३ बजेसम्म औंशी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले पूजा यसै दिन गर्नुपर्ने हुन्छ । कात्तिक १२ गते मंगलबार तिहारको मुख्य दिन भाइटीका पर्व परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको छ । कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् ११ सय ४० सुरु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);