२७ भदौ, काठमाडौं । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा अभिनय मार्फत दर्शकमाझ आउन लागेका रेखा थापा र आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ ।
रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र सुदिप भुपाल सिंहको निर्देशन गरेका छन् भने चलचित्रलाई रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका छन् । रेखा थापा र आर्यन सिग्देलसँगै टिका पहारी तथा राजन इशानको मुख्य भूमिका रहेको छ । कात्तिक २ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।
आर्यन सिग्देल र नायिका रेखा थापाले झण्डै ८ वर्षपछि एउटै पर्दामा देखिएका हुन् । ‘रुद्रप्रिया’ को यसअघि सार्वजनिक भएकोचिरविर चाँचरी बोलको गीत निकै चर्चित भएको थियो ।
चलचित्रमा राजनराज शिवाकोटी, अर्जुन पोख्रेल र सुरेश अधिकारीको संगीत रहेको छ ।