बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु

baitadi dozer accident

बैतडी, ७ कात्तिक । बैतडीमा बिहीबार छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको तल्लो स्वराड क्षेत्र अन्तर्गत पर्ने मेलौली नगरपालिका वडा नम्बर–५, पेलेमा बिहीबार बिहान ५५ बर्षीय शुक्र सिंह पुजाराको स्काभेटरले च्यापेर मृत्यु भएको छ । सडक निर्माण पछि घर निर्माणको लागि ल्याउदै गरेको अवस्थामा स्काभेटरबाट खसेका उनको घटनास्थमा नै मृत्यु भएको हो ।

त्यस्तै बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नम्बर–२ सिन्केलेकमा धनगढीबाट दालर्चुला जाँदै गरेको से १ ख १९२३ नं. को ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालक गोपाल सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);