जापानका सम्राट नारुहितोको राज्याभिषेक आज हुँदै, एक सय ७० बढी देशका पाहुना उपस्थित | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

जापानका सम्राट नारुहितोको राज्याभिषेक आज हुँदै, एक सय ७० बढी देशका पाहुना उपस्थित

japane samrat

एजेन्सी, ५ कात्तिक । जापानका सम्राट नारुहितोको शुभ राज्याभिषेक भव्य समारोहबीच मंगलबार हुँदैछ । ५ महिना अघि नै जापानको सम्राट भएका नारुहितोले श्रृखलाबद्ध प्रक्रियाहरु पुरा गरेपछि मंगलबार औपचारिक रुपमा राजगद्दी सम्हाल्ने जापानी संचार माध्यमहरुले जनाएका छन् ।

नारुहितोको शुभ राज्याभिषेक भव्य समारोहका लागि विश्वका १ सय ७० भन्दाबढी देशका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुना टोकियो पुगिसकेका छन् । ५ महिनाअघि जापानका पुर्व सम्राट अकिहितोले स्वास्थ्यका कारण पदत्यागेर छोरा नारुहितोलाई सम्राटको जिम्मेवारी सुम्पेका थिए ।