काठमाडौं, ३ कात्तिक । कात्तिक महिनाको पहिलो दिन आइतबार शेयर कारोबार ११ करोड रुपैयाँमा सीमित भएको छ । आइतबार नेप्से चार दशमलब शून्य तीन अंकले घटेर परिसूचक एक हजार एक सय ३३ दशमलब सात एक अंकमा पुगेको छ ।
१ सय २८ कम्पनीका ४ लाख २१ हजार ४ सय ७४ कित्ताशेयर तीन हजार ५ पटकको कारोबारबाट मात्र ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब ७७ अंकले घटेर २ सय ४८ दशमलब तीन पाँच अंकमा पुगेर बन्द भएको छ । कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।
आइतबार प्रभु बैंकको सबैभन्दा बढी एक करोड बढीको शेयर कारोबार भएको छ । एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा बढी तीन दशमलब आठ चार प्रतिशतले कमाएका छन भने सिनर्जी पावर विकास लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब तीन तीन प्रतिशतले गुमाएका छन ।




